Sunday, March 16, 2025

स्कुल बस दुर्घटना हुदा तीन जनाको मृत्यु,४०घाइते:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा परि तीन जना बालबालिकाको मत्यु भएको डाक्टरले बताइएको छ ।

उक्त बसको ब्रेक फेल भएर आफैं दुर्घटनामा परेको अनुमान गरिएको छ । स्कुलले पिकनिकका लागि उक्त बस रिजर्भमा
लगेको थियो ।

चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थीहरू बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको लागि गएको थियो ।
फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको बताइएको छ ।

सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए ।
दुर्घटनामा ४० जना घाइते भएका छन् ।
घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको बताएको छ ।

पिपुल्स लाइफ केयर अस्पतालमा उपचार हुनेहरु:
१)फिलिप लामा बर्ष १०
२)प्रजोल थापा बर्ष १०
३)भिम तामाङ बर्ष ११
४) राम पररियार बर्ष १६
५)सुजन मगर बर्ष १६
६) सिरिसा सिवेदि बर्ष १२
७)प्रकाश बम बर्ष १६
८)साधन बिष्ट बर्ष १२
९)आराध्या शाह बर्ष १०
१०) आशिस तामाङ
बर्ष १५ र
११) स्नेहा राइ बर्ष २१
१२)गंगा ज्वति बर्ष ४२
१३)रन्जित थापा बर्ष १३
१४)सुहाना गुभाजु बर्ष १३
१५)श्रिसान्त पौडेल
बर्ष १५ तथा
१६)कल्पना रेज्मि बर्ष ३२
१७)बिकल्प श्रेष्ठ बर्ष १०
१८)नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ
बर्ष १४
२०)निशान्त पौडेल बर्ष १४
२१)सौगात मगर बर्ष १४
२२) अबित खान बर्ष १०
२३) (२ जनाको नामवली आउन बाँकी रहेको छ।

शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार बर्ष १३
२)धिरज साउद बर्ष १४ ,
३) सन्देश गिरि बर्ष १३
अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles