Sunday, March 16, 2025

बारा प्रहरीद्वारा अवैधगाँजा र अफिम बरामद:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको अमलेखगंजका प्रहरीले
७ किलो गाँजा र
४ किलो अफिमसहित दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा जिल्लाको
इलाका प्रहरी कार्यालय, अमलेखगंजले,
जीतपुरसिमरा उपमहा नगरपालिका वडा नम्बर २१ अमलेखगंजको चाैकमा चेक जाँच गर्दा वीरगंज
जाँदै गरेको नम्बर प्र.३-०२-००७ प ८२३९ – २२० पल्सर मोटरसाइकल चालकले झोलामा रहेको सात किलो गाँजा र पल्सर मोटरसाइकलस भित्र चार किलो अफिम र मोटरसाइकलसहितको पक्राउ गरेको प्रहरीले बताएका छन् ।

बिशेश सुचनाको आधारमा ई.प्र.का.अमलेखगंजका प्रहरी बरिस्ठ सई.टेकबहादुर कार्कीको कमान्डमा खटिएका प्रहरीको टोलीले अवैध गाँजा र अफिम पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका वडा नम्बर – ३ का २८ वर्षिय सुनबहादुर थिङ र मोटरसाइकलको पछाडि सवार बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर – १३ का २३ वर्षिय संजय मुक्तानलाई बारा प्रहरीले पक्राउ गरेको छन् ।

बरामद भएका गाँजा
छानबिन भइरहेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles