Sunday, March 16, 2025

अफिमसहित दुईजना प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

मकवानपुर प्रहरीले दुई किलो अफिमसहित दुई युवकलाई पक्राउ
गरेको छन् ।

बाराको कलैया नगरपालिका–४ का १८ वर्षीय दिपक साह र सिम्रनगढ–१ का १९ वर्षीय शसि मुखियालाई मकवानपुर हेटौंडाका प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २ किलो १४० ग्राम अफिम बरामद गरेका छन् ।

राक्सिराङ गाउँपालिका–५ बोटवारी नजिकबाट झोला बोकेर हिडिँरहेको अवस्थामा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरुको झोलाभित्र अफिम फेला परेको
प्लाष्टिकले बेरेर ल्याएको अफिमसहित पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको हेटौंडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता श्यामु अर्यालले जानकारी दिएको छन् ।

चालु आर्थिक वर्षको हालसम्म मकवानपुर प्रहरीले ४ हजार किलो गाँजा र ३५ किलो अफिम बरामद गरेको हो,
जसमा ११५ जना मानिस पक्राउ परेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles