Saturday, March 15, 2025

राैतहट प्रहरीद्वारा नव जना फरार प्रतिवादी पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय रौतहटले
९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सुनैना देवीसहितका प्रतिवादीहरूलाई पक्राउ गरेर रौतहट जिल्ला अदालतमा पेस गरिएको छ ।
प्रहरीका अनुसार देवीसहित रामविनोद प्रसाद यादव,
गगाजली देवी, जानकी देवी दुसादिन, निलम देवी, अमरिता देवी, प्रदीप कुमार जयसवाल, प्रमोदी राय र राम अयोध्या राय यादव समेत रहेका छन् ।

उनीहरू जलसाजी, सम्बन्धबिच्छेद, कुटपिट, गाली बेइज्जतीजस्ता मुद्दाका फरार अभियुक्तहरू
रहेको छन् ।
माघ २९ गते अदालतको फैसला कार्यान्वयन अन्तरगत फरार उनीहरूलाई खोजेर पक्राउ गरी आवश्यक कारबाहीका लागि राैतहट अदालतमा पेस गरिएको प्रहरीको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles