कवाडीको तस्करी कहिले रोकिने ??? परासी ।
पश्चिम नवलपरासीको महेशपुर नजिकै गणेशपुरमा कवाडीको ठूलो गोदाम छ ।
उक्त गोदाममा झण्डै ३० गाडी कवाडीको सामान संकलन गरि राखीएको छ ।
उक्त कवाडीको सामान त्रिपालले छोपेर राखिएको अवस्थामा थियो ।
तर केही दिनअघि कवाडीको सामान राजश्व छलि गरेर भारत तर्फ तस्करी भैरहेको छ भन्ने सुचना बुटवल स्थित राजश्व अनुसन्धान कार्यालयमा पुग्यो ।
त्यसपछि राजश्वका केही कर्मचारी गणेशपुर पनि
पुगे ।
त्याहां पुगेर कवाडी छोपिएको त्रिपाल पनि हटाउन लगाए ।
तर कुनै कारबाही नगरी बुटवल फिर्ता भएका छन् ।
यस बिषयमा हाम्रा संवाददाताले जिज्ञासा राख्दा मुख्य व्यक्ति नभेटिएकोले फिर्ता आएको जवाफ दिइयो ।
कवाडी निरीक्षणमा गएका कर्मचारीले पनि गणेशपुरको उक्त गोदाममा झण्डै ३० गाडी कवाडी सामान रहेको निरीक्षण प्रतिवेदन दिएको छ । उनीहरूले संकलन गरिएको कवाडीको फोटो देखि भिडियोहरू समेत खिचेर समेत लगेका छन् । उक्त कवाडीको गोदाम भारतीय नागरिक सन्तोष गुप्ताको भएको पनि राजश्वका कर्मचारीले आंफुहरूले थाहा पाएको बताए ।
नेपाली महिलासंग बिहे गरेपछि सन्तोष गुप्ता कहिले नेपाल त कहिले भारत तर्फ बस्दै आएपनि उनको मुख्य धन्दा भनेको कवाडी तस्करी नै
प्रमुख हो ।
कवाडी तस्करी गर्ने क्रममा झण्डै एक बर्ष अघि भारतीय प्रहरीले कवाडी भित्र ठूलो मात्रामा लागूऔषध समेत बरामद गरेपछि उनी लामो समय फरार पनि भए ।
तर पछि पक्राउ परेर एकाध समय भारतीय जेलमा बसी उनी निस्केका हुन् । भारतीय प्रहरीले चरेस बरामद गरेपछि असली मालिकको खोजबिन गर्ने क्रममा
चरेस सहित पक्राउ परेका व्यक्तिले गुप्ताको नाम पोलेको समेत खुलेको थियो । ठुटिबारी भारत घर भएका सन्तोष गुप्ता धेरै बर्ष अघि देखि नेपालबाट कवाडी सामान भारतमा पठाउने कार्यमा संलग्न हुदै आएका थिए ।
कवाडीको सामान उनले डब्बामा राखेर उनले भारत पुर्याउंदै आएका थिए ।
कवाडीको नाममा चरेस तस्करी धन्दा उनले गर्दै आएको समेत खुलेको छ ।
भारतीय प्रहरीले कवाडी सामान भनेर सामान्य चेकजाँच गरि छोड्ने गर्दै आएकोमा यसभन्दा पहिले पनि एकपटक चरेश समातिए पछि गुप्ताको कवाडी व्यापारमा निगरानी बढाएको थियो । फलस्वरूप ठूलो मात्रामा भारतीय प्रहरीले चरेस बरामद गर्न सफल
भएको थियो
भारतीय प्रहरीले नेपालको नाकाबाट तस्करी भएको लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको थियो ।
रुपन्देहीको मैनिहवा नाकाबाट ठूलो परिमाणमा तस्करी भएको चरेस भारतीय प्रहरीले बरामद गरेको हो । भारतीय प्रहरीको नारोक्टिस सेलसहितको टोलीले रुपन्देही मैनिहवा (भगवानपुर) नाकाबाट तस्करी भएको ८५ किलो चरेस सोनौली क्षेत्रको पिपहरियाबाट बरामद गरेको हो ।
बरामद चरेस ७८ करोड ४० लाख बजार मूल्य बराबरको रहेको भारतीय प्रहरीको दाबी थियो । चरेससहित पक्राउ पर्नेमा भारतीय नागरिकहरु संजय यादव, सन्तोष पासवान, दीपक मिश्रा र रामअवतार यादव छन् । उनीहरूलाई युपी ५६ एयु ४५०१ नम्बरको गाडीसहित पक्राउ गरिएको भारतीय प्रहरीले उजागर गरेको थियो । गोरखपुर नारोक्टिस सेलका डेपुटी एसपी अनुज कुमार सिंहले नेपालबाट तस्कर भएर आएको चरेससहित चार जनालाई पक्राउ गरिएको बताएका थिए ।
त्यसपछि पनि कवाडीको तस्करी धन्दामा लागेका उनले पछिल्लो समय यसका अलावा चाइनिज लसुनको भारत तर्फ तस्करी गर्ने धन्दा पनि चलाए ।
अहिले लसुन तस्करीमा सिडिओले कडाइ गरेपछि नवलपरासीबाट लसुन तस्करीमा कमि आएपनि तेस्रो मुलुकबाट आएको मकैको तस्करी भने भारततर्फ भैरहेको छ । भारतीय नागरिक सन्तोष गुप्ताले अहिले रामनरेश यादव , अनिल गुप्ता र बब्लु सिंहलाई समेत साथमा लिएर रगरगंज सनईको प्रहरी चौकीका असईलाई मिलाएर पडरी भन्ने ठाउँबाट कवाडी तस्करी गराउने काम गरिरहेका छन् ।
कवाडी तस्करहरूले राजश्वमा सेटिङ मिलाउने काम राजश्वका कर्मचारी मनोज सइनी मार्फत मिलाउने गरेका छन् । कपिलवस्तु घर भएका अधिकृत सइनी नवलपरासी देखि कपिलवस्तु सम्मका तस्कर देखि व्यापारी सम्म सेटिङ मिलाउने कर्मचारीको रूपमा चिनिन्छन् ।
बिरगंज र बाराबाट हुदै आएको कवाडीको तस्करी यहाँबाट रोकिएपछि अहिले नवलपरासीको ठुटीबारीबाट हुन
थालेको छ ।
बिरगंजबाट कवाडी लिएर नवलपरासीको ठुटीबारी नाका हुदै भारत तर्फ तस्करी हुदै आएको छ । यसअघि पनि पटकपटक यसरी नै बिरगंजबाट कवाडी लोड गरेर ठुटीबारीबाट भारततर्फ तस्करी हुदै आएको थियो ।
नाकाबाट हाल ठुलो मात्रामा खाली प्लास्टिक पेट बोटल , कार्टुन, पुुरानो ब्याट्री लगायत विभिन्न कबाडी सामानहरूको
चोरी निकाशी
भईरहेको छ ।
नेपालमा संचालित रिसाईकलिङ्ग (पुनः प्रशोधन ) उधोगहरू कच्चापदार्थ (खाली प्लास्टिक पेट ) को अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । जुन कच्चापदार्थ सिमा प्रशासन , भन्सार , नेपाल प्रहरी र सशस्त्र को मिलेमतोमा निर्वाधरूपमा तस्करी भईरहेको छ। प्लास्टिक जन्य कबाड भारतमा अन्य देशबाट आयात गर्न कानुनतः प्रतिबन्धित छ, त्यही भएर प्लास्टिक कबाड चोरी बाटोबाट नेपालबाट भारत तर्फ तस्करी हुने गर्दछ। यसबाट एकातिर नेपाल सरकारले न कुनै राजश्व प्राप्त गर्छ, अर्कोतिर नेपाल सरकारलाई नियमानुसार राजश्व तिरिरहेका रिसाईकलिङ्ग उधोग बन्द हुने अवस्थामा छन्, उ्क्त उधोगमा रोजगारी प्राप्त गरिरहेका हजारौं नेपाली जनता विशेषगरी महिलाहरूको रोजिरोटी गुम्ने सम्भावना बढेको छ र सँगसँगै वार्षिक रूपमा ठुलो धनराशि प्लास्टिक जन्य वस्तु उत्पादन गर्न चाहिने कच्चापदार्थ खरिद गर्न विदेशी रहेको छ । नेपालमा संचालित रिसाईकलिङ्ग उधोगहरू लाई पर्याप्त मात्रामा कच्चापदार्थ पदार्थ उपलब्ध भएमा प्लास्टिक जन्य वस्तुहरू उत्पादन गर्न आवश्यक कच्चापदार्थहरू नेपालमै उत्पादन गर्न सकिन्छ ।
त्यसका लागि नेपाल सरकार ले सिमानाका कडाइ गर्न अत्यावश्यक छ।
नव जनप्रहार।