Sunday, March 16, 2025

दुई करोडको अफिमसहित दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

कलैया । बारामा प्रहरीले भारी लागूऔषध अफिम र दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार दुईजना अफिम कारोबारीलाई १३ केजी अफिम सहित पक्राउ गरेको छ । स्कुटरमा अफिम लिएर वीरगञ्जतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको कमाण्डमा रहेको मोबाइल टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्कुटी चालक मकवानपुरको मनहरी गाउँपालिका वडा न.६ बस्ने ५४ वर्षीय सुर्य बहादुर मोक्तान र स्कुटी पछाडी सवार सोही जिल्लाको कैलाश गाउँपालिका वडा नं.८ बस्ने अन्दाजी ४५ वर्षीय भिम बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा हेटौडाबाट वीरगंज तर्फ जादै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीलाई पच्छयाउदै जाने क्रम्मा
प्रहरीले सुर्य नेपाल अगाडी स्कुटीको डिक्की भित्र लुकाई छिपाई लगी रहेको अवैध लागु औषध बरामद गरेको छ ।
उक्त लागू औषध अफिम जस्तो पदार्थ र नगद एक लाख तेतिस हजार छ सय पचपन्न रुपैया रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।उक्त लागु औषध अफिम बरामद गरी दुबै जनालाई समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता सापकोटा बताए ।
प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागीसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । बरामद भएको अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य दुई करोड भन्दा बढि
रहेको छ ।
साभार जनप्रहारबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles