आगोको लप्काले हावा भरेको बेलुन फुट्दा दुर्गघटनामा परेर घाईते भएको
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं किर्तीपुर अस्पतालमा उपचार
हुँदै छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा हावाले भरेको बेलुन फुटेर उनीहरू घाइते भए लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल उपचार भईरहेको छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको निसान देखिएको छ ।