Thursday, March 13, 2025

“सवारी दुर्घटनामा परी १ जना पुरूष व्यक्तिको मृत्यु १ जना गम्भिर घाईते”मिति २०८१/११/०४ गते अं.१२:१५

ताजा / भरखरै प्राप्त

बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.२ स्थित शुभलाभ ट्रेडर्सको अगाडी बिरगंज पथलैया सडक खण्डमा पथलैयाबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख २८९५ नं.को ट्रकले विपरित दिशा बाट आउदै गरेको ना ४० प ४१९५ नं.को मो.सा.लाई ठक्कर दिँदा निम्न मानिसहरू घाईते भई उपचारको लागि LS न्युरो अस्पताल परवानिपुर बारामा पठाईएको हुँदा उपचारको क्रममा १ जनाको ऐ.१३:०२ बजेको समयमा मृत्यु भएको र ट्रक सहित चालक र सह-चालक प्रहरीको नियन्त्रण रहेको व्यहोरा सूचित गरिन्छ ।मृतकको विवरण:-१. जिल्ला बारा जितपुर सीमरा उ.म.न.पा.०२ बस्ने अं.वर्ष २५/३० को उदित नारायण झा ।

घाईते:-
१. जिल्ला बारा जितपुर सीमरा उ.म.न.पा.०२ बस्ने अं. वर्ष १८ को उत्पल आचार्य, दाहिने खुट्टा र टाउकोमा चोट,अवस्था गम्भिर ।

नियन्त्रणमा रहेको व्यक्तिहरू
१. ट्रक चालक जिल्ला धादिङ गजुरी गा.पा.६ पोखरी खोला बस्ने अं.वर्ष ३६ को सन्दिप भुजेल ।
२. सह-चालक ऐ.ऐ.बस्ने अं.वर्ष २१ को सुशिल थापा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles