Friday, March 14, 2025

अनलाइन जुवाको अखडामा प्रहरीको छापा:-

ताजा / भरखरै प्राप्त

नेपालमा बसेर अनलाइनमा
१ अर्ब ६४ करोड भन्दा बढी रकमको कारोबार भारतको विभिन्न बैंकहरुको खातामा करोडौं रुपैयाँ जम्मा भएका छन् ।

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छन् ।

यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरले जुवा खेलाउने स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेका थिए ।
उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने कार्य गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles