Monday, March 17, 2025

पर्सा प्रहरीद्वारा अवैध मदिरा पाँच भट्टी नष्ट:-

ताजा / भरखरै प्राप्त

पर्सामा अवैध रूपमा सञ्चालन भएका पाँचवटा मदिरा भट्टी नष्ट गरेको पर्साका प्रहरीले जनाएको छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतको प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टी र मधवल गाउँस्थित अवैध रूपमा सञ्चालनमा रहेका पाँचवटा भट्टी मंगलवार हिजो नष्ट गरेको छन् ।

प्रहरी टोलीले सो भट्टीहरूमा उत्पादन गरिएको करिब २,५०० लिटर तयारी मदिरा तथा ८,५०० लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।

अबैध मदिरा उत्पादन तथा विक्रिवितरण नियन्त्रण गर्न गरिएको यो अभियान अन्तर्गत प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेका मदिरा उद्योगहरूमा कडाइ गरिरहेको जनाएका छन् ।

प्रहरीले मदिरा उत्पादन तथा बिक्रीमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छन् ।

स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी अवैध मदिरा उत्पादन नियन्त्रण गर्न आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले
बताउनुभएको छन ।

उहाँ आएको दिन देखी हुन्डीमार्फत हुने कारोबारलाई,तसकरी
गरी भन्डारण गरेको कपडा , औषधि, अबैध कारोबार गर्नेहरूलाई पनि बढी निगरानी बढाएको बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles