Wednesday, March 19, 2025

आगामी असारभित्र सर्वोच्चमा ८ वर्ष नाघेका मुद्दा शून्यमा झार्ने घोषणा:-

ताजा / भरखरै प्राप्त

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गर्नुभएको छ । बिहीबार सर्वोच्च बार एसोशिएशनको ५१ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरू हजारौंको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताउनुभयो ।
उहाँले बाँकी ७८ थान मुद्दा समेत आउँदो वर्षको असार मसान्तसम्म शून्यमा झार्ने बताउनुभयो ।
उहाँले पाँच वर्ष नाघेका मुद्दाहरु समेत २०८३ सालसम्म शून्यमा झार्ने लक्ष्य राखिएको बताउनुभयो ।
उहाँले अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गर्नुभयो ।
उहाँले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरूमा सशक्त टिप्पणी गर्न समेत कानुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले आदेशप्रति आग्रह पूर्वाग्रह नराखी टिप्पणी गर्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “मैले बनाएको प्रक्षेपणभित्रमा २०८२ साल असार मसान्तसम्ममा आठ वर्षीय मुद्दा जिरोमा ल्याउने अभियानमा छौं ।
आज फागुन ८ गते हो ।
अब मसँग धेरै समय छैन चार महिना बाँकी छ ।
अब आठ वर्ष नाघेका मुद्दा सर्वोच्च अदालतमा हजारौंबाट घटेर आज ७८ थानमा बाँकी छन् । यी मुद्दाहरू आउँदो वर्षको असार मसान्तसम्म शून्यमा ल्याउँछौं ।”
नव जनप्रहार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles