नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।
उनलाई आइतबार बिहान बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो ।बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।