बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईलाई बिदाइ गरिएको छ ।
भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट बिदाइ गरिएको हो ।
उनी करिब ३ महिना अघि इलामको सूर्योदय नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले मायाको चिनो प्रदान गर्दै खादा लगाएर उनको
बिदाइ गरे हो ।