Thursday, March 13, 2025

व्यवसायी अग्रवालले गरे आत्महत्या:-

ताजा / भरखरै प्राप्त

जिल्ला झापा बिर्तामोडका एकजना व्यवसायीले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो साढे १२ बजे बिर्तामोड नगरपालिका–५ मित्रनगर टोल बस्ने २५ वर्षीय धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका हुन् ।
विष सेवनपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तले बुझेको जनाइएको छ ।

आर्थिक लेनदेनको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने उनलाई चिन्ने मीनप्रकाश उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles