Monday, March 17, 2025

भारतबाट ३० प्रतिशत अन्डा तस्करी:-

ताजा / भरखरै प्राप्त

जिल्ला बाराको,सिमा नाकाबाट
नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो
अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ ।

बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, मुसरवा बलिरापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु¥याउने गरेका छन् ।

बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लागि राखिए पनि स्थानीय प्रहरी प्रशासन मौन
रहेको स्थानीयहरु बताउँछन् ।
भारतीय अन्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अन्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघको बिहीबार बसेको बैठकले अन्डाको भाउ घटाउने निर्णय
गरेको हो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अन्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको हो ।
‘अहिले बजारमा ३० प्रतिशत अन्डा भारतबाट तस्करी भएर आएको छ ।

हामीले लागत मूल्यमा बेच्दा पनि बजार पाउने स्थिति छैन ।
खुल्ला सिमाना र अनुगमन फितलो हुँदा नेपाली किसानहरू मारमा परेका छन्,’ अध्यक्ष पोखरेलले बताएको हो, अन्डाको मूल्य घटाउनुको कारणबारे भन्दै गुनासो गरे ।
संघका अनुसार यसअघि माघ २१ मा ठूलो अन्डा मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो भने आजबाट ३७० रुपैयाँ प्रतिक्रेट पर्ने छ । यस्तै, ३८५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अन्डाको मूल्य अब ३५० रुपैयाँ प्रतिक्रेट पर्ने भएको छ ।
नव जनप्रहार साभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles