Sunday, March 16, 2025

३५००,रूपैयाँको विवादमा पर्सामा साथीको हत्या:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले आफनै साथीको हत्या गरेको अभियोगमा तीन जना युवालाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जना युवाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साका वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी रहेका छन् ।

प्रहरी अनुसार, उनीहरूले आफ्नै साथी इशाल प्रसाद कुर्मीलाई हत्या गरेको खुलासा भएको
बताएको छ ।
घटनाको विवरण अनुसार, इशाल प्रसाद कुर्मी र छिमेकी साथीहरू तास खेल्न गएका बेला पैसाको विषयमा विवाद भएको थियो, यसै विवादको क्रममा मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारीले मिलेर इशाल प्रसाद कुर्मीलाई हत्या गरी भेडाहा खोलामा फालेको हो, पर्साका प्रहरीलाई बयान दिइएको छन् ।

पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी)गौतम मिश्रले बताए अनुसार, फागुन ७ गते-वीरगन्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीको १९ वर्षीय छोरा इशाल प्रसाद कुर्मी घरबाट काम गर्न जाने भन्दै निस्किएका थिए।
तर, अबेर राती सम्म पनि घर नफर्किएपछि परिवारले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको रहेको छ ।

निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्दै फागुन ११ गते-भेडाहा खोलामा इशाल प्रसाद कुर्मीको तैरिरहेको शव प्रहरीले फेला पारेको
थियो ।
प्रहरीले अनुसन्धान क्रममा पत्ता लगाए अनुसार, फागुन ७ गते नै इशाल प्रसाद कुर्मी र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या गरिएको
रहे छ ।

पक्राउ परेका तीन जनालाई ज्यान सम्बन्धि कसूर मुद्दामा ६ दिनको म्याद लि आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles