जिल्ला प्रहरी कार्यालय रौतहटको उजुरी शाखा, मीटर ब्याज शाखा र महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुख रहेकोमा इन्स्पेक्टर रामकुमार महतो लाई कारवाही स्वरूप हाल सबै जिम्मेवारी बाट मुक्त गरिएको एक स्रोतले बताएका छन्।
नेपाल प्रहरी संगठनको तलब भत्ता खाएर आफ्नै संगठनलाई बदनाम गराउने जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत ईन्सपेक्टर रामकुमार महतो माथि विभागिय कार्वाही प्रकृिया सुरु गरिएको छ ।
मुद्दा शाखा सम्बन्धि गोप्य कुराहरू मिडियाबाजी गर्न लगाएको महतो माथि आरोप लागिएको छ ।
स्रोत संगठनबाट ।
इन्सपेक्टर महतोको माग अनुसार मुद्दा फाँट नपाएको झोँकमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई बदनाम गराउन अनेक षड्यन्त्र गरेको आरोप लागिएको छ ।
महतोले ट्राफिक प्रहरी कार्यालय निजगढ बाराबाट भदौँको अन्तिम साता रौतहट सरुवा भएर आएका इन्स्पेक्टर महतो आएदेखिनै मुद्दा फाँटका लागी प्रयासरत रहेका थिए ।
मुद्दा फाँट दिलाउन उनले विभिन्न दलका नेताहरुका साथै अन्य जिल्लाका केही पत्रकारलाई पनि गुहारेका थिए । तर जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले उनीमाथि विश्वास गर्न नसकिएको भन्दै उनलाई मुद्दा फाँटको जिम्मेवारी नदिइएको स्पष्ट पारेको छन् ।
उनले मुद्दा फाँटको जिम्मेवारी नपाएपछि रिसाएर हालका मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर प्रसाद विरुद्ध कल्पोकल्पित समाचार लेख्न जिल्लाका केही पत्रकारलाई दबाब लोभ दिँदै आएका थिए ।
तर एसपी घिमिरेको कार्यशैली र जिल्ला प्रहरी कार्यालय रौतहटको गतिविधिबारे जानकारी रहेका रौतहटका कुनै पनि पत्रकारले इन्स्पेक्टर उमाशंकर विरुद्ध कलम चलाएनन् ।
महतोले समाचार लेख्न भनेको बारे रौतहटका केही पत्रकारले सबैकुरा (एसपी) घिमिरेलाई जानकारी गराएसंगै षड्यन्त्रको खुलासा भएको छ ।
राैतहट जिल्लाका पत्रकारले त्यस्तो समाचार नलेखेपछि इन्स्पेक्टर रामकुमार महतोले धनुषा जिल्लाको जनकपुरधाम र बारा जिल्लाका र पर्साका केही पत्रकारलाई भनेर पछिल्लो केही दिनदेखि दिनहुँ मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर प्रसाद र जिल्ला प्रहरी कार्यालय रौतहटलाई जोडेर विभिन्न किसिमका समाचार लेखाउँदै आएको प्रहरीको आरोप रहेको छ ।
संगठन स्रोतले बताएको छन् ।