Wednesday, March 19, 2025

फतुवा विजयपुरमा टिपर आतंक राेक्न माग गर्दै स्थानीयले प्रशासनलाई बुझाए ज्ञापन पत्र:-

ताजा / भरखरै प्राप्त

प्रेमचन्द्र झा
फाल्गुन १८ गते

राैतहट। फतुवा विजयपुर नगर पालिकामा भएको टिपर आतंक राेकन माग गर्दै स्थानीय समाजसेवीले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएका छन ।
समाजसेवी शिवपुजन प्रसाद यादवको नेतृत्वमा आएको टोलीले स्थानीय ४ वटा क्रसरको मालसमान ढुवानी गर्ने टिपहरुका कारण स्थानीय जनताको ज्यु ज्यान जोखिममा परेको भन्देै टिपर आतंकको विकल्प खाेज्न माग गरेका छन । विगतमा टिपरबाट ज्यान जाने मानिसको स्वतन्त्रता पुर्वक बच्न पाउने अधिकार सुरक्षित पार्न भनि अनुराेध गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाई ज्ञापन पत्र बझाईएको हो । ज्ञापनपत्र बुझदै निमित प्रमुख जिल्ला अधिकारी यादवले समस्या सामाधानका लागि पहल गर्ने प्रतिवद्वता जनाएका छन ।

ज्ञापनपत्र —

श्री जिल्ला प्रशासन कार्यालय रौतहट गौर का प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएको ज्ञापन पत्र ।

उपरोक्त सम्बन्धमा यस रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका अन्तर्गत हाई न. १० मा र वार्ड न. ८ मा गरेर जम्मा ३ वटा क्रसर उद्योगहरु सन्चालन भई रहेको अवस्थामा वार्ड नं. १० मा माँ कंकाली क्रसर एण्ड सैण्ड वार्षिग उधोग र बोड न. ८ को विजयपुर गाउको दक्षिण हिमिनिवास बंकुल गौर जाने मुख्य सडकको पुर्व तर्फ महालक्ष्मी’ सैन्ड वासिंग उधोग प्रा.लि. सोही स्थानमा सडकको पश्चिम तर्फ सुमुख क्रसर एण्ड सैण्ड वासिङ उधोग प्रा.लि. सन्चालन भई रहेका छन, जुन क्रसर सन्चालन गर्न जंगल छेउको गाँउहरु रांगी, बुटवा, भैसही र हिमालीवास को नजिक हजौरी लाखौ टिपर को मात्रामा मिक्स ग्रेवल संकलन गरी स्टोक गरिराखेको बाट र लालबकैया नदिबाट उक्त तिन वटै क्रसरहरुको लागी दैनिक २०/३० वटा टिपरहरु विहान ३:३० बजे देखी विजयपुर गाँउ दक्षिण मा रहेको कसर सम्म अटुर रुपमा एउटा टिपरले दिनको लगभग १०/१२ टिप टिपरमा ओभर लोड गरी टिपर मा राखेको मिक्स ग्रेभलै लाई न छोपी खुल्ला राखी ४० कि.मी. को गति भन्दा बढि को गतिमा टिपर चलाई आज ५-६ बर्ष देखि लगातार ढुवानी को कार्य क्रसर का मालिकहरुले गर्दै आइरहेको कुरो सर्वविदितै छ ।

यस न.पा. को र्वाड न. १९ मा रहेको सहिद चौक देखी र्वाड न.८ को उक्त क्रसर सम्म को सडक भित्र पर्ने शहिद चौक गाँउ र बजार, हिमालीवास गाँउ र बजार र्वाड न. १० मा रहेको दुधिअवा गाँउ र बजार र्वाड न. ८ मा रहेको विजयपुर गाँउ र बजार क्षेत्र को विचवाट गएको मुख्य पिच सडक लाई टिपरको ओभरलोड को कारण फोड फाड तथा पिचलाई भत्काइ अधिकाश भागमा पिच सडक लाई ग्रेभल सडकमा परिणत गरिसकेको कारण टिप्पर हिडदा टिप्पर ले उडाऐको दुलो ले वाटो नै अधयारो बनाउने र दुलों को कारण अन्य सवारी साधनहरु चलाउने पैदल हिडन यात्रुहरू असहज हुने र दुर्घटना समेत हुने समभावना रहेका र दिन भरी टिप्पर ले धुलो उडाएको उडाई गरेको कारण बाटोमा पर्ने गाउँ बजारहरुको पसल घर भित्र, धुलो पसेर घर घर भित्र राखेका मालसमान ओध्यानखान पिन का समान हरुमा धुलो पसी, धुलो बसी दैनिक हाम्रो जिवन लाई अस्त व्यस्त गरी दिएको र धुलोले गर्दा सडकमा हिडन गाह्रो हुने र धुलोले गर्दा प्राय जस्तो मानिस दम र खोको को दिरामी भइरहेको र उक्त सड़क को इवानी ह दूरी भित्र निजी विद्यालय ७ वटा र सरकारी विद्यालय मा. वि. ३ वटा र प्राति वटा गरेर जम्मा १२ विधालय करिब ३४ हजार को संख्यामा बच्चाहरु पडल को लागी आउने जाने भएको मा टिप्पर को आतंक ले स्कूल पहले बच्चाहरुलाई ठुलो समस्या भई रहेकोले उक्त दुवानी कार्य कानून समत ही होईन छान विन गरी बेलुकीको ६ बजे देखी विहान को ६ बेज अवधी भित्र सडक मा दैनिक पानी पटाई धुलो न उड़ाई टिप्पर मा ओभर लोड नं गरी बजार स्कुल र गाउँ क्षेत्र भित्र १५/२० कि.मी. को गतिमा टिप्पर चल्लाई हर्न न बजाई कुवानी गर्न वा टिप्पर चलाउने आवश्यक व्यवस्था मिलाई पाउन का लागि प्रदेश सरकार ले तयार गरेको नदि जन्य पर्दाथ (सकंलन र उपभोग) कार्य विधी २०७५ को परिच्छेद ४ को दफा १२ को उपदर्फा, ५, ६, ७ र ८ को अधारमा यो ज्ञापन पत्र पेश गरेको छौं ।

श्री मान् हामी ले आज ५/६ बर्ष देखी उक्त समस्या मा परि धेरै छन्ति व्योहोरी सकेकाछौं । जस्तो १-२ बर्ष पहिला क्रोसरका टिपरबाट यसै न.पा. का वार्ड नं.११ मा यसै न.पा. वार्ड नं.२ मा वस्ते खेतु चौधरीलाई सडकमा नै च्यापी टीप्पर दुर्घटना (Sports death) मृत्यु भएको र मिति २०८१ साल फागुन ५ गते ५ बजे की समयमा क्रोसर टीप्पर ओभर लोड गरेको कारण विजयपुर बजारको मेन चौकमा टिपरको चक्का आवाज भई ढुंगा उछिटिएर ५ / ६ जना घाईते बनाई दिएको हुँदा र सडकमा हिडडुल गर्न पनि जोखिम अवस्था रहेकोमा धुलोबाट प्रदुषण भई आ आफ्नो पसल तथा घर समेतमा बस्न र आ-आफ्नो कामको लागि सडकमा निस्किन जेब्रा कर्सिङ गर्न बच्चलाई स्कुल जान र स्कुलवाट घर आउन ज्यादै सास्ति भोग्नु परीरहेकोले बाध्य भएर यो ज्ञापनपत्र मार्फत हामीले उपरोक्त उल्लेख भए अनुसार को व्यवस्था अविलम्ब २/४ दिन भित्रमा मिलाई पाउन अनुरोध गरेको छौ उक्त व्यवस्था न भएमा हामी ले बाध्य भएर टिप्पर को डुवानी सेवा बन्द गर्न सड़क जाम गर्नेछौं र सडक जाम हुदा को अवस्थामा हुने असहज वतावरण डॉ. झगड़ा तथा अन्य दाति को जिम्मेवार श्री मान् लगायत सम्बन्धित प्रहरी टक्राएका छौ ।

प्रशासन हुने समेत समयमा नै अवगत गएको व्योहोरा यसै ज्ञापनपत्र मार्फत अनुराेध छ ।

ज्ञापनकर्ता हरु

समगर साह,रामगिर साह,
रासनारायण साह,रामडगर साह, शिव पुजन प्र. यादव, प्रेम शंकर साह
,प्रभात कुमार कोइरी
सहिन्द्र साह
, नरेन्द्र साह
जवाहिर कुश्वाहा.
रामस्वगारथ महतो
,जफरुल महमद, बिरेन्द्र दास, जितु साह,राजकुमार पौडेल

बोधार्थ तथा कार्याथ

श्री जिल्ला प्रहरी कार्यालय रौतहट गौर २. श्री ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुर रौतह
फतुवा विजयपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय विजयपुर रौतहट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles