गोठाटार गोली काण्डमा संलग्न भारतीय सुटर गुड्डु पटेल माथि गोली हानी प्रहरीले पक्राउ गरेको छ । (एसएसपी) रमेश बस्नेत र (एसएसपी)विश्व अधिकारीको कमान्डमा भारतिय सुटर गुड्डु पटेल पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले भारतीय सुटर गुड्डु पटेललाई गोली हानी पक्राउ गरेको हो ।
दुई वर्षअघि गोठाटारमा गोली हानी मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी पटेललाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छन् ।
काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरिएको थियो ।
मोहम्मदको हत्या किन भएको थियो भन्ने बारेमा प्रहरीले त्यसबेलादेखि नै तीन जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको थियो ।
प्रहरीले लाल मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । भारतिय सुटर गुड्डु
पटेल नेपाल आएको हो भनेर प्रहरीले थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले
जनाएको छ ।
प्रहरीले पटेल माथि चार राउण्ड गोली चलाएको थियो । गोली लागेर घाइते भएका पटेललाई प्रहरीले उपचारका लागि अस्पताल लगेको बताइएको छ ।
भाडामा आएका भारतिय सुटर गुड्डु पटेलको उपचार भईरहेको प्रहरीले बताएको छन् ।