Tuesday, April 1, 2025

बोलेरो दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु, एक बालकसहित सात जना घाइते भएको छन् ।

ताजा / भरखरै प्राप्त

गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बोलेरो जीप पर्वतको बिहादी गाउँपालिकामा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् ।

लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा बिहादी वडा नम्बर ३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु
भएको हो, प्रहरीले जनाएको छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा परी घाइते भएका ७ जनालाई उपचारका लागि पाल्पा लगिएको छ, र १ बालक सामान्य घाइते भएकाले उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार
भइरहेको छ ।
प्रहरीका अनुसा उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको हो प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles