कार्यक्रमसामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ श्रीपुर स्थित श्री गौतम सेकेन्डरी स्कुल श्रीपुर पर्सामा अध्यनरत छात्र / छात्राहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले लागु औषध तथा ओसार पसार,साईबर क्राईम, बालबिवाह, दाईजो प्रथा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएकोमा उक्त कार्यक्रममा सोही बिद्यालयका प्रधानाध्यापक, शिक्षक /शिक्षिकाहरुको उपस्थितमा कार्यक्रम भएको छ।