Monday, March 17, 2025

जिल्ला ट्राफिक प्रहरीको निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा मातहतका प्रहरी प्रमुखहरूसँग अन्तरक्रिया गर्दै चालू आर्थिक वर्षको कार्यसम्पादन सम्झौता अनुसार लक्ष्य प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
निरीक्षणको अवसरमा उहाँले राजमार्ग तथा ग्रामीण क्षेत्रमा चेकजाँचलाई थप कडाइका साथ चेक जाँच गर्न आदेश दिँदै, सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपायहरू अपनाउन जोड दिनुभएको छ ।
विशेष रूपमा, तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, तीन जना सवार हुने, क्षमताभन्दा बढी भार बहन गर्ने तथा अव्यवस्थित रूपमा सवारी पार्किङ गर्ने गतिविधिहरुलाई नियन्त्रणमा ल्याउन निर्देशन दिएको हो ।

प्रहरी उपरीक्षक मिश्रले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै यात्रु तथा सवारी चालकहरूको सुरक्षामा विशेष ध्यान दिन आदेश दिनुभएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles