बारामा अवैधरूपमा लगाइएको अफिम खेती बाराका प्रहरीले नष्ट गरेको छ ।
आदर्शकोतवाल गाउँपालिका-५ स्थित टेडाकट्टीमा करिब ३ कट्ठामा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरिएको बाराप्रहरीले जनाएको छ ।
बारा प्रहरीका अनुसार अवैधरूपमा तीन कट्ठामा लगाइएको करिब ३० हजार अफिमको बोट फडानी गरेर नष्ट गरिएको हो ।
स्थानीयले लुकाइ छिपाइ अफिम खेती गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शजयनगरबाट खटिएको प्रहरीको संयुक्त टोलीले ८ स्थानमा लगाइएको अफिम फडानी गरेको बाराका प्रहरीले जनाएका छन् ।