Monday, March 17, 2025

पर्सा प्रहरी प्रमुखद्वारा सुरक्षित मर्यादित रुपले होली खेल्न अनुरोध:-

ताजा / भरखरै प्राप्त

पर्साका प्रहरी प्रमुखले मर्यादित तथा सुरक्षित रूपमा फागु पूर्णिमा (होली)पर्व मनाउन आग्रह,गरेको हो, पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रले अनुरोध गरेका छन् ।
मर्यादित र सुरक्षित रूपमा फागु पूर्णिमा होली मनाउन पर्सा प्रहरीको अनुरोध रहेको छ ।

हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व फागु पूर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले शुभ-कामना व्यक्त गर्दै मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्व उल्लासहमय बनाउने क्रममा अनुशासनहीन गतिविधि नगर्न अनुरोध गरेको हो । पर्साका प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल वा फोहोर पानी नछ्याप्न, तथा छाला र आँखामा असर पार्ने रंगको प्रयोग नगर्न आग्रह गरेका छन् ।

साथै, होली खेल्ने स्थानमा महँगा गरगहना नलगाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, र भीडभाड हुने ठाउँहरुमा पकेटमारी तथा लुटपाटजस्ता घटनाबाट सतर्क रहन अपिल गरिएको छ ।

प्रहरीले अशक्त, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रति कुनै दुर्व्यवहार नगर्न अनुरोध गर्दै, रेलिङ नभएका छत तथा सडकमा होली नखेल्न चेतावनी पनि दिएको छ । साथै, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पार्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।

कुनै अपराधिक गतिविधि हुन लागेको वा भइसकेको जानकारी प्राप्त भएमा, नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रण कक्षमा सम्पर्क गर्नु होला, भनि यो १००- नम्बर वा ९८५५०२८२८७ मा सम्पर्क गर्न आग्रह गरिएका छन्
नियम उल्लंघन गर्ने जो–कोहीलाई कानूनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles