कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पसल सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहार रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सञ्चालक लोहारले पसलको एक करोड बराबरको बिमा गराएको र बिमा रकम लिन आफैंले पसलमा आगजनी गरेको अनुसन्धानबाट खुलेको छ ।
आइटी हबमा गत फागुन १६ गते साँझ ७ बजे आगो लागेको थियो । लोहारले शिखर इन्स्योरेन्स कम्पनी बिमा गराएकाले क्षतिपूर्तिका लागि दाबी गरेका थिए ।
अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेकाले सन्देह लागेर अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको प्रहरीले जनाएको छ ।
लोहारमाथि जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ । नव जनप्रहार सभार।