रौतहटको गौर नगरपालिकाको शभा हलमा नारी चेतना महिला कृषक सहकारी संस्था लि.गौर,५ रौतहटको आयोजनामा ११५ औ अन्तराष्ट्रिय महिला दिवसको भव्यताका साथ मनाईएको कार्यक्रम दिप प्रज्वलन गरी राष्ट्रिय गानको साथमा सुरु भएको थियो। यो कार्यक्रममा महिलाहरुको हक अधिकार सहितको विषयमा वक्तव्य राखेको हो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुुख शम्भुु साहको अध्यक्षतामा गिता कुशवाहा र विशिष्ट अतिथि गोर नगरपालिकाका उप–मेयर शैल देवी, गौर नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष शिवशंकर यादव, सञ्चारकर्मीहरु तथा महिला अधिकार कर्मीहरु समेतको हजारौको महिलाहरुको सहभागिता रहेको बताइएको छ ।