नेपाल प्रहरी प्राविधिक समूहका ७२ जना वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् । हिजो मंगलबार बसेको बढुवा समिति बैठकले उनीहरुलाई असईमा बढुवा सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका ६० जना, संगित उपसमूहतर्फ ७ जना, केनाईन उपसमूहतर्फ एकजना र स्वास्थ्य उपसमूह अन्यतर्फ चारजना गरी ७२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस भएका छन् ।