Thursday, March 13, 2025

आज पहाडी जिल्लामा होली पर्व मनाइँदै:-

ताजा / भरखरै प्राप्त

रंगहरुको पर्व होली आज देशको विभिन्न ठाउमा तथा पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै आज,होली पर्व ।
फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles