Thursday, March 13, 2025

फागुन २८, २०८१शोक वक्तव्य

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेस स्याङ्जाका महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका सदस्य, नेपाल बहस डटकमका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार ईन्द्र रिजालका पिता ८१ वर्षीय डिल्लीराज रिजालको हिजो राति ९ बजे निधन भयो । उहाँ क्यान्सर रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो । स्वास्थ्य सेवामा लामो समयसम्म सेवारत रहनु भएका स्वर्गीय डिल्लीराज रिजाल २०५४ को स्थानीय तहको निर्वाचनमा साविकको मनकामना गाविस वडा नं. ४ को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । विरुवा गाँउपालिका वडा नं. ८ निवासी स्वर्गीय रिजालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

डा. प्रदिप पराजुली
का.वा. मुख्य सचिव ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles