महोत्तरीमा सशस्त्र प्रहरीका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टमा कार्यरत सई सिंहमाथि बालिका बलात्कारको प्रयास गरेको आरोप लागेको स्थानीयले बताउँछन् ।
स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।स्थानीय हरूले प्रहरी पोस्ट घेराउ गरेका छन् ।