Saturday, March 15, 2025

ठुलो मात्रामा गाँजा सहित महिला पक्राउ:-

ताजा / भरखरै प्राप्त

बारा प्रहरीले १३ किलो लागूऔषध गाँजा सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।अस्थाई प्रहरी पोष्ट, रामबनबाट प्रहरी वरिष्ठ हवल्दार दिलिप कुमार सिंहको नेतृत्वमा खटिएको चेकिङ टोलिले गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा न.१ बस्ने बर्ष ५० की सुशिला गोलेलाई पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यलय बाराले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको छ । जितपुरसिमरा उपमहानगर पालिका .३ बजनी विरगंज पथलैया सडक खण्ड स्थितमा विशेष सूचनाको आधारमा खटिएको चेकिङ टोलिले माईक्रोबाट लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यलय बारा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय राज पण्डितले बताएका छन् ।

हेटौंडाबाट विरगंज तर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुबाहक माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा १३ किलो लागूऔषध गाँजा बरामद गरिएको हो ।
माईक्रोमा सवार यात्रीको साथमा रहेको दुई वटा बोरामा दुइ पोका गाँजा फेला पारेको हो, लागुऔषध गाँजा सहित पक्राउ परेको महिला नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles