जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्याम कृष्ण अधिकारीबाट प्रहरी प्रभाग सानेपाको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
सो क्रममा एसएसपीले प्रहरी प्रभाग सानेपाको आफ्नो जिम्मेवार क्षेत्रभित्रको सुरक्षा चुनौतिहरुलाई मध्यनजर गर्दै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले आ-आफ्नो दर्जा अनुसार आफुले पाएको जिम्मेवारी प्रभावकारी रुपमा सम्पन्न गर्नको लागि निर्देशन दिनुभएको छ ।
प्रहरी संगठनमा कार्य गर्ने अवसर प्राप्त हुनु नै व्यक्तिगत जीवनमा महत्वपूर्ण उपलब्धी भएकाले प्रहरी कर्मचारीले आफु कार्यरत रहेको कार्यालयमा नेपाल प्रहरी संगठनको साख अभिवृद्धि हुनेगरी उदाहरणीय रुपमा प्रहरी सेवा प्रवाह गर्दै समाजले सदैव सम्झने गरी व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्न समाजमा शान्ति, सुव्यवस्था एवं अमनचयनको वातावरण सिर्जना गर्न कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएका छन् ।