Sunday, March 16, 2025

उत्तराधिकारी भने चयन हुन सकेन:-

ताजा / भरखरै प्राप्त

आइजिपीसहित ९ उच्च: अधिकारी बिदा हुँदै
नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर भोलिदेखि अनिवार्य अवकाशमा जााँदैछन् । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर भोलि अर्थात चैत ४ गते अनिवार्य अवकाश हुने भएका हुन् । कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट बिदा हुनेछन् । झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी भोलिबाट नेतृत्वविहीन हुँदैछ । तर, आइजिपीले अवकाश पाउन १ दिन मात्र बाँकी रहँदा पनि सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको छैन ।
प्रहरीको ३१ औं प्रमुख चयनलाई राजनीतिक दाउपेचको विषय बनाइँदा ढिलाइ भएको छ । आइजिपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन एआइजी प्रहरीको ३१औँ आइजिपीको मुख्य दाबेदार छन् । जसमा एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।उनीहरू ०५२ साल भदौ १८ गते इन्स्पेक्टरमा नियुक्त भएका थिए । अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरूमध्ये एकजना करिब ६ महिनाका लागि आइजिपी हुनेछन् । जसको टुंगो सोमबार मात्र लाग्ने सम्भावना देखिएको गृह मन्त्रालय स्रोत बताउँछ । सोमबारको नियमित मन्त्रिपरिषद्को बैठकले नयाँ आइजिपी नियुक्ति गर्ने सम्भावना छ ।यसअघि पनि सरकारले अन्तिम दिन मात्र आइजिपीको निर्णय गर्दै आएको छ । समयमै निर्णय नहुँदा आइजिपी नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धा र चलखेल हुने गरेको छ । यता आइजीपी कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) तथा तीन नायब महानिरीक्ष (डिआइजी)ले ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदैछन् ।
एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराईले अवकाश पाउन लागेका हुन् । त्यस्तै, डिआइजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि ४ चैतदेखि अवकाश पाउँदै छन् ।अवकाशमा जान लागेका आइजिपीसहित उच्च अधिकारीको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ । तर, बिदाइ गर्ने उत्तराधिकारी भने चयन हुन सकेको छैन ।सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles