जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पर्सा जिल्ला मातहतमा रहेका प्रहरी चौकीहरूको निरीक्षण तथा अनुगमन गरी उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्य गर्न निर्देशन दिएका छन् ।
एसपी गौतम मिश्रले निरीक्षणका क्रममा इलाका प्रहरी कार्यालय जानकिटोला, प्रहरी चौकी मिर्जापुर, प्रहरी चौकी आसवारी, प्रहरी चौकी बुढगाई, प्रहरी चौकी टिउकी र प्रहरी चौकी भिस्वा पर्साको निरीक्षण तथा अनुगमन गर्नुभई प्रहरी काम कारवाहिमा देखिएका त्रुटिहरु औंल्याई सुधारका लागी उपाय सहितको मार्गदर्शन गर्नुभई प्रहरी ईकाईहरुमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी हरुलाई आवश्यक निर्देशन दिनुभएका छन् ।