Thursday, March 20, 2025

एसईईको सम्पुर्ण तयारी पुरा निर्धक्क भएर परिक्षा दिन आग्रह:-

ताजा / भरखरै प्राप्त

आजदेखि (एसइई)को परिक्षा सुरु ३७ जना जापानबाट पनि परिक्षामा सहभागी हुने भएका छन् ।
माध्यामिक शिक्षा परीक्षा (एसइई) आज,बिहीबार बिहान ८ बजे देखि देशभर दुई हजार ७९ परिक्षा केन्द्रबाट एकैसाथ परिक्षा सुरु हुने भएको छ । यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)को सम्पुर्ण तयारी पुरा भएको छ ।
राष्ट्रिय परीक्षा बोडले परिक्षा नियन्त्रण कार्यालयले परिक्षाको अन्तिम तयारी पुरा भएकाले ढुक्क र निर्धक भएर परिक्षामा सहभागी भएर बिद्यार्थीहरुलाई आग्रह गरेको छ ।
आज,बिहान ८ बजेदेखि परिक्षा सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् ।गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक पनि जापानबाट ३७ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार जापानमा रहेका विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र र उत्तरपुस्तिका पठाइएको छ । उत्तरपुस्तिका नेपालमै झिकाएर परीक्षण गरी नतिजा निकालिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् ।
जापानको टोकियो रहेको एभरेस्ट इन्टरनेसनल स्कुलमा नेपाली कोर्स पढाइ हुन्छ । नेपाली पाठ्यक्रम अनुसार नै नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ ।रोजगार र अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूले सन् २०१३ मा टोकियो सहरमा नेपाली विद्यालय खोल्ने निर्णय गरेका हुन् ।जापानस्थित नेपाली दूतावासको पहलमा विद्यालय खोलिएको हो । उक्त विद्यालयमा १० कक्षासम्म नेपालबाट नै सम्बन्धन लिएर सञ्चालन गरिएको छ । त्यहाँ कक्षा १० को नेपाली पाठ्यक्रम विदेशी विद्यार्थीहरूले पनि पढ्ने गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles