बेतहनी प्रहरी चाैकीमा स्थानीयले आगजनी गरेका छन् । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएपछि स्थानीयले बेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन् ।स्थानीय ७ वर्षीय शिव गोडिया र ९ वर्षीय उनका दाजु विशाल गोडिया स्कुलबाट घर फर्किंदा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
ट्यांकरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएपश्चात स्थानीयले प्रहरी चौकीमा आगजनी गरेका हुन् । घटनालगत्तै आक्रोशित स्थानीयले पानी बोक्ने ट्यांकरमा आगो लगाएका थिए । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको थिए ।