बोलपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा जनकपुरका पत्रकार वृजकुमार यादव लगायत तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि बोलपत्रको सूचना लुकाएर भ्रष्टाचारमा सघाएको आरोप लगाएको हो ।धनुषाको बटेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमन कुमार पुरी विरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैंयाको फर्जी बिल तयार पारेको आरोप छ ।अख्तियारका अनुसार, धनुषाको बटेश्वर गाँउपालिकाका वडाहरुमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा बोलपत्र आह्वान गर्नुपर्ने थियो ।राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्रको सूचना प्रकाशित गर्नुपर्नेमा जनकपुर टुडेका प्रधानसम्पादक एवं अध्यक्ष यादवले बोलपत्र स्वीकृतीको सूचना लुकाई सूचना प्रकाशित नै गरेनन् ।उनले गाँउपालिकाको अभिलेखमा राख्ने गरी एकप्रतिमात्रै पत्रिका प्रकाशित गरेको अख्तियारको आरोप छ ।पाँच वर्षअघिको घटनामा प्रधान सम्पादक यादवले विज्ञापन प्रकाशित गरेको भनी ६ लाख ४४ हजार रुपैंयाको बील तयार गरेका थिए । त्यही रकम भुक्तानी गरेको आरोपमा अख्तियारले यादव सहित गाँउपालिकाका दुई कर्मचारीहरुमाथि मुद्दा दायर गरेको हो ।नव जनप्रहारबाट सभार ।