Wednesday, April 2, 2025

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी:-

ताजा / भरखरै प्राप्त

इटहरीस्थित सेन्टर प्लाजामा आगलगी फसेकाहरूलाई उद्धार गर्न पठाइयो हेलिकप्टर ।
सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।
प्लाजाको पाँचौ तल्लामा आगलागी भएको र त्योभन्दा माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको हो।
सशस्त्र प्रहरीले भने ५ जनाको उद्धार गरिसकेको छ । सशस्त्र प्रहरीले डोरीको सहायताले उद्धार गरिरहेको छ ।केही मानिस अझै पनि उक्त भवनमा फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो।अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles