Monday, March 31, 2025

झापामा चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्ममा आठ सय ७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिएको हो ।

ताजा / भरखरै प्राप्त

ती दुर्घटनामा एक हजार तीन सय ९६ जना घाइते भएका छन् ।
साउनमा १० जना, भदौमा छ जना, असोजमा ११ जना, कात्तिकमा १४ जना, मंसिमा १० जना, पुस, माघ र फागुनमा पाँच/ पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चार सय ५९ वटा सवारी साधनलाई कार्यालयले कारबाही गरेको छ । ती सवारी साधनलाई कारबाही गरी दुई करोड ६६ लाख ६१ हजार राजश्व समेत संकलन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
दुर्घटना न्यूनीकरणका लागि कार्यालयले जिल्लाका विभिन्न स्थानमा तीन हजार सात सय ८२ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ भने ती कार्यक्रमबाट एक लाख ५५ हजार ५३ जना लाभान्वित भएको
ट्राफिक प्रमुख पौडेलले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles