Tuesday, April 1, 2025

तीनकुनेस्थित राजावादीहरुले गरेको आगलागीको रिपोर्टिङ गरिरहेका एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।

ताजा / भरखरै प्राप्त

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्नु पर्यो सरकार ।
अनि एभिन्युज टिभीका साहु भाष्कराज कर्णिकारले मृतक पत्रकार सुरेशलगायत त्यहाँ काम गर्नेहरु कसैलाई १० महिनादेखि तलव दिएका छैनन् बुझिएको छ । भर्खर मात्र विहे गरेका सुरेशको परिवारको बिचल्ली भएको छ । बिना तलव आन्दोलनमा सबै खिचेर ल्याउन उर्जी लाउने र मर्नेस्थितिसम्म पुर्याउने भाष्करराजलाई पनि सरकारले छानविनको दायरामा ल्याई पिडितलाई न्याय दिने काम गरोस् । अपराधीहरु, प्रेस स्वतन्त्रताविरोधीहरु कोही उम्किउन् भएन ।
त्यस्तै प्रेस तथा अभिव्यक्तिविरोधी विभिन्न सञ्चारगृहमा आक्रमण गर्ने जोसुकै भएपनि हदैसम्मको कारवाही गर्नुपर्छ सरकार ।
न्याय देऊ, लेख्न देऊ, बाँच्न देऊ ।
हार्दिक श्रद्धाञ्जली पत्रकार सुरेश रजकज्यु ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles