Monday, March 31, 2025

बागमतीप्रदेश प्रहरीतस्करी नियन्त्रण तर्फ २६ करोड १५ लाख ६५ हजार ६०० बराबरको सामान पक्राउ:-

ताजा / भरखरै प्राप्त

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश मातहत करिब ७ महिनाको अबधिमा ट्राफिक नियम उल्लंघन गर्ने ८० हजार २६९ जनालाई कारबाही गरि ६ कराेड ८३ लाख ६३ हजार भन्दा बढी राजश्व संकलन गरेको जानकारी दिएको छ । प्रदेश प्रमुख डिआइजी कृष्णहरि शर्माले संचारकर्मीसंगकाे भेटमा यो जानकारी दिएका हुन्। त्यसैगरी हातहतियार तर्फ १५ नाल भरूवा बन्दुक र ९ एमएमकाे अटाे पेस्तोल र यसमा लाग्ने २१ राउन्ड गाेली समेत बरामद गरिएको उनले जानकारी दिए । हतियारसंगै १६ जना व्यक्ति पक्राउ गरि कानुनी कारबाही गरिएको पनि उनले बताए । लागूऔषध नियन्त्रणका हकमा प्रदेश प्रहरी र मातहतका निकायसँग समन्वय गरि धेरै कार्यहरू गरिएको डिआइजी पाेखरेलले बताए । उनले भने , गांजा ३७२ बिगाहा र अफिस ६४ बिगाहामा लगाइएको फेला पारेर फडानी गर्ने काम गरिएको छ । यसका अलावा गांजा ४७३८ केजी , चरेस ४२ केजी , खैरो हिराेइन ४८० ग्राम , अफिम १४ केजी र अन्य लागूऔषधी जन्य १ लाख ५९ हजार १९० पीस एम्पुल एवं बाेतल बरामद गरिएको पनि उनलेे जानकारी दिए । लागूऔषधकाे हकमा २९४ वटा मुद्दा दर्ता गरिएको र २९६ जना पक्राउ गरिएको पनि जानकारी डिआइजी शर्माले दिए ।
साथै लागूऔषध नियन्त्रणका लागि कार्ययोजना नै बनाएर काम गरिएको पनि उनलेे बताए । उनले भने , लागूऔषधकाे माग र आपूर्ति नियन्त्रण तथा लागू अाैषध सेवनकर्ताले गर्ने अपराध न्यूनीकरण , लागूऔषध सेवनकर्तालाई परिवारकाे सहयोगमा कुलतबाट निकाल्ने , लागूऔषध सेवनकर्तालाई पुनर्थापना गर्ने र उनीहरूलाई समाजमा पुनः एकीकृत गर्ने , समुदायमा लागूऔषध बिरूत्द्वकाे सचेतना अभियान संचालन र सम्बद्ध पक्ष , सेवनकर्ता , अभिभावक तथा समाजका व्यक्तिहरू बीच समन्वय र सहकार्य गर्ने जस्ता सचेतना मूलक कार्यहरू पनि निरन्तर गरिरहेकाे डिआइजी शर्माले जानकारी दिए ।
सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता याेजना २०८१ नै लागू गरिएको बताउदै उनलेे ६३५२० दुई पाङ्ग्रे र ५८१६२ चार पाङ्ग्रे सवारी साधनका चालकहरूलाई प्रतिबद्धता कार्यक्रम गरिएको जानकारी दिए । गश्तीका हकमा पनि याेजना नै बनाएर प्रत्येक जिल्ला प्रहरी कार्यालय देखि प्रहरी चाैकी स्तरसम्मकाे प्रहरी इकाईहरूले गाउँ र टाेल सम्म प्रहरीको पहुँच पुर्याई स्थानीय स्तरमा जनसम्पर्क अभिवृद्धि गर्ने , भेटघाट / छलफल गर्ने , सूचना लिने , अपराधकाे राेकथाम र नियन्त्रण गर्ने उद्देश्यका साथ तयार गरि कार्यान्वयन भई रहेको पनि डिआइजी शर्माले जानकारी दिए ।
यस कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा ४९७९२, एलआरपी क्षेत्रमा २९९ र एसआरपी क्षेत्रमा ५९४८३ वटा गश्तीहरू गरिएको छ । यसका अलवा १३८ वटा विरोध कार्यक्रमलाई शान्तिपूर्ण रूपमा व्यवस्थापन गरेर अवाञ्छित कार्य गर्ने ३३ जनालाई कानुनी कारबाही गरिएको छ। गत असाेज १०/१३ गते वर्षाकाे कारण भएको विपद्जन्य घटनामा १४५ जनाको मृत्यु , १२८ जना घाइते र १४२३५ जनालाई जीवितै उद्वार गरिएको पनि प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यसका साथै नदिजन्य स्रोत साधनको अबैध दाेहन नियन्त्रण तर्फ ४०६ वटा सवारीसाधन पक्राउ गरि ५३ लाख १५ हजार दुई सय जरिवाना गरिएको छ । डिआइजी कृ्ष्णहरि शर्माले भने , उजुरी तथा गुनासो व्यवस्थापनका हकमा १३४ वटा उजुरी परेकाेमा ११९ वटा फस्याैर्ट र ८०५ वटा गुनासो व्यवस्थापन गरिएको छ ।
यसबाहेक बागमती प्रदेशको सिनियर फिल्ड अधिकृतले दैनिक रूपमा प्रदेश अन्तर्गत घटेका घटनाहरूकाे सन्दर्भमा घटना स्थलमा खटिएका प्रहरी अधिकृतसंग समन्वय , निर्देशन , सहजीकरण र अनुसन्धानमा सिकाउने परिपाटी बसाउने कार्य भएको छ भने यसबीचमा ६ वटा नयाँ भवनहरूकाे निर्माण सम्पन्न भएको छ। साथै ३ वटा भवनहरू निर्माणकाे चरणमा रहेका छन् । अपराध न्युनिकरणका लागि प्रदेश भित्र सिसिटिभी जडान गर्न प्रदेश सरकारबाट ३ करोड रूपैयाँ विनियोजन भई टेण्डर प्रक्रियामा रहेको छ।
यसका अलवा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ३१६१ वटा कार्यक्रम संचालन गरिएको र यसबाट १९२३८३ जना सहभागी भएको पनि जानकारी दिइएको छ। त्यसैगरि अल्पसंख्यकसंग प्रहरी कार्यक्रम अन्तर्गत २२८ वटा कार्यक्रम गरेर ६११८ जना लाभान्वित भएको पनि जानकारी दिइयो । ४३ वटा नागरिक सुनुवाइ कार्यक्रम गरि ३४८३ जना ससुचित भए भने १७४१ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम गरेर १६३२४९ जना सहभागी गराइएको पनि जानकारी दिइएको छ। आत्महत्या न्युनीकरणकाे लागि ८८९ वटा जानकारीमूलक कार्यक्रम गरिएको र उक्त कार्यक्रममा २३४७१ जनाको सहभागिता रहेको थियो । निर्वाचन तर्फ रिक्त स्थानीय तहको दाेलखा , नुवाकोट र मकवानपुर जिल्लामा १६ वटा निर्वाचन स्थलमा ३४ वटा निर्वाचन केन्द्रमा ८०५ प्रहरी परिचालन गरेर निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । त्यसैगरी ४८ वटा क्याम्पसमा शान्तिपूर्ण तरिकाले स्ववियु निर्वाचन सम्पन्न भएको छ।
१२ जना पूर्व प्रहरी एवं बहालवाला १३ गरि २५ जनालाई अनुशिक्षण दिएर सवारीचालक अनुमति पत्र एवं सहुलियत दरमा अटो लिने व्यवस्था मिलाइएको छ । मुद्दा तर्फ जम्मा कसुर दर्ता ३३३५ वटामा १६२२ फस्याैंट भएको छ भने मुद्दासंग सम्बन्धित २४३० जना पक्राउ परेका छन् । जघन्य तथा गम्भीर पेण्डिङ कसुर मुद्दा ८६० वटा दर्ता भएकोमा १२५ वटा फस्याैंट भएको र ८९ जना पक्राउ परेका छन् । कर्तव्य ज्यान कसुरमा ४५ वटा दर्ता भएकोमा ४३ वटा फस्याैंट र ७७ जना पक्राउ परेका छन् । सवारी ज्यान / अंगभंगमा २१० वटामा फस्याैंट १५१ वटा , सवारी दुर्घटना १५१२ भएकोमा मृत्यु २२८ र घाइते २९३१ जना भएका छन् । साइबर क्राइममा ११ वटा मुद्दा दर्ता भएकोमा ८ फस्याैट र ८ जना पक्राउ गरिएको छ। त्यसैगरी आर्थिक अपराध मुद्दा ५६७ दर्ता भएकोमा १४४ वटा फस्याैट र २०९ जना पक्राउ परेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि मुद्दा ३४१ वटा दर्ता भएकोमा २८९ वटा फस्याैट र २५४ जना पक्राउ परेका छन् । फैसला कार्यान्वयन तर्फ १०६० जना पक्राउ गरि उनीहरूबाट ९ करोड २१ लाख ४१ हजार २४१ रूपैयाँ जरिवाना असुली भएको छ। तस्करी नियन्त्रण तर्फ २६ करोड १५ लाख ६५ हजार ६०० बराबरको सामान सहित २० जना व्यक्ति पक्राउ गरि भन्सार बुझाउने काम भएको छ । वन्यजन्तु तस्करी तर्फ बाघको दार्हा ३ वटा सहित एक जना पक्राउ गरिएको छ ।
साथै हेटौंडा १७ हटियामा बागमती प्रदेश प्रहरी अस्पतालकाे लागि जग्गा प्राप्ति भई निर्माणका लागि ४ करोड विनियोजन भई प्रक्रिया शुरू , सिन्धुलीको भिमान र हेटौंडाको रातमाटेमा आधुनिक चेकपोस्टका लागि बजेट प्राप्ति पछि काम शुरू गरिएको छ। बागमती प्रदेश सरकारबाट करिब ८५ लाख बराबरको ५६ प्रकारका विपद् उद्वार सामाग्रीहरू प्राप्त भएको छ भने मातहतका विभिन्न जिल्लामा १६९ वटा सिसिटिभी जडान गरिएको छ। कसुरकाे अनुसन्धान गर्ने १६ वटा स्थानमा ९० दिन सम्मको सिसिटिभी निगरानीकाे अभिलेख भण्डारणकाे व्यवस्था , काभ्रेमा माेवाइल पुस्तकालय , मातहतका ३२६ वटा कार्यालयमा आगलागी नियन्त्रणका उपकरण जडान गरिएको छ। डिआइजी शर्माले आफ्नो यो छाेटाे अवधिमा धेरै कार्यहरू गर्न सफल भएको पनि दावी गरे । नव जनप्रहार” साभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles