मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालय अगाडि राजमार्ग बन्द छ मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ लोथरमा शुक्रवार बिहान ३ बजेर १५ मिनेटको समयमा दुर्घटना हुँदा म्याजिक गाडीका चालक मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएपछि आफन्तले राजमार्ग बन्द गरेका छन ।