मुस्लिमहरुका लागि लैलतुल क़द्र इस्लाममा अत्यन्तै महत्त्वपूर्ण रात हो, जुन रातमा अल्लाह तआलाले असीम कृपा, माफी र बरकतहरू दिनुहुन्छ भने मानयाता रहेको छ । यो रात हजार महिना भन्दा सर्बो श्रेष्ठ रहेको मानिन्छ, किनभने यही रातमा पवित्र कुरआन दुनियाँमा नाजिल भएको थियो ।
यो अवसरमा हामी मुस्लिम सबैले अल्लाहसँग आफ्ना गुनाहहरूको माफी माग्न, इबादत गर्न, दुआ गर्न र असल कर्म गर्न प्रयत्न गर्नुपर्छ । विशेष गरी, यो रात इस्तिग़फार
(माफी माग्ने), कलमा पढ्ने कुरआन तिलावत गर्ने (कुरआन पढ्ने), र तहज्जुद नमाज र हाथ उठाएर अल्लाह संग दुआ मागने तथा दुआ को लागि उत्तम अवसर हो भनिएको छ ।
اللهم إنك عفو تحب العفو فاعف عني
“हे अल्लाह! तपाईं अति क्षमाशील हुनुहुन्छ, तपाईं माफी दिन मन पराउनुहुन्छ, मलाई पनि माफ गरिदिनुहोस्।”
अल्लाह हामी सबैलाई यो पवित्र रातको फजीलत प्राप्त गर्ने सौभाग्य दिनुहोस्, हाम्रो दुआहरू स्वीकार गरुन्, र हामीलाई क्षमा गरी स्वर्ग प्राप्त गर्नेहरूमा सामेल गरुन्। अल्लाह हो, आमीन ।