राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनको क्रममा , तोडफोड र आगजनीमा संलग्न हुनेहरु ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म प्रहरीले ५१ जनालाई पक्राउ गरिसहेको बताएका छन् ।
अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न रहेको व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।