काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु
हटेको छ । हिजो शुक्रबार दिउँसो ४ः२५ देखि लगाइएको कर्फ्यु आज शनिबार बिहान ७ बजे हटाइएको हो । काठमाडौंको तिनकुने, कोटेश्वर, शंखमूल, बानेश्वर लगायतको क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।शुक्रबार राजावादीको प्रदर्शनकाक्रममा व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय
गरिएको हो । शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित
दुई जनाको मृत्यु
भएको थियो ।