गत १५ गते भएको तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्नको लागि म्याद थप भएको छ।यस्तै, मिश्र र राणा बिरामी भएकोले उनीहरूलाई उपचारको प्रबन्ध गर्न समेत अदालतले आदेश दिएको छ।राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए। प्रसाईंलाई भने ‘जनकमान्डर’ तोकिएको थियो।प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उनीहरूले प्रदर्शनकारीहरुलाई भड्काएको आरोप लगिएको छ ।