Friday, October 17, 2025

तीनकुने घटनामा पक्राउ परेका १८ जना नामसहित:-

ताजा / भरखरै प्राप्त

काठमाडौँको तीनकुने घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पहिलोपटक मंगलबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अब यसअघि हिरासतमा राख्न अनुमति लिइएकाहरूसँगै आज बुधबार पुनः अदालतमा उपपस्थित गराइने बताइएको छ ।
मंगलबार म्याद थप भएकामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न अनुमति लिइएको हो । अरू १० जनालाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यसअघि आइतबार ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति पाएको थियो ।
नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा दुई जना मानिसको ज्यान पनि गएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles