नेपाल प्रहरी श्रीमती संघद्वारा नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापालाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
संघका नव नियुक्त अध्यक्ष रुपा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्ष रुपा थापाले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्दा आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको र नेपाल प्रहरी श्रीमती संघले सम्पादन गर्दै आएका कार्यहरुको उच्च कदर गर्दै आगामी दिनमा नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष अझ सवल र सुदृढ बनाउन प्रभावकारी ढङ्गले अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


