Sunday, May 31, 2026

नेपाल प्रहरी संघद्वारा नव नियुक्त अध्यक्ष थापाको पदभार ग्रहण:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी श्रीमती संघद्वारा नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापालाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
संघका नव नियुक्त अध्यक्ष रुपा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव अनुश्री पाख्रीन, कोषाध्यक्ष कल्पना गिरि,आसरा सुधार केन्द्रका कोषाध्यक्ष नविना कार्की, सह-कोषाध्यक्ष संगिता लम्साल, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु,आसरा सुधार केन्द्रका पदाधिकारीहरु, साधारण सदस्यहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्ष रुपा थापाले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्दै गर्दा आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles