Saturday, April 19, 2025

तिनकुने घटनाका घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने:-

ताजा / भरखरै प्राप्त

गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् ।
आज, बुधवार सिभिल अस्पतालमा घाइ’तेहरुसँगको भेटपछि सञ्चारकर्मीसँग गृहमन्त्री लेखकले गत चैत १५ गतेको प्रदर्शनका क्रममा घाइते भएका विरामीहरुको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका हो ।
उनले सरकारले घाइतेको उपचार गर्ने निर्णय सरकारले गरिसकेको र सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले आफू सबै घाइतेहरुले निःशुल्क उपचार प्राप्त गरेका छन् कि छैनन् भनेर आफै नै निरीक्षण र बिरामीहरु संग भेटनका लागि पुगेको उल्लेख गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles